होमपेज / स्थानीय
२९ माघ सल्यान
सल्यान –सल्यानमा नेपाली सेनाको गाडी भिरबाट खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य ६ जना घाइते छन् । र चारको अवस्था गम्भीर छ ।
सल्यान सिमखर्क ब्यारेकबाट बुटवल तर्फ जाँदै गरेको लु १ ग १२३ नम्वरको गाडी बुधबार दिउँसो कपुरकोट गाउँपालिकाको वडा नं ३ स्थीत चोरखोला भन्ने स्थानमा दुर्घटनामा परेको हो ।
राप्ती लोकमार्ग अन्तर्गत दाङ सल्यान सडक खण्डको चोरखोला स्थित सडकबाट छाँगामा गाडी खस्दा यादव प्रसाद धरेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै जय प्रसाद वोहोरा, विशाल गुरुङ, विपिन श्रेष्ठ, मोहनलाल थापा, रोशन हिटन र ईश्वर सिलवाल घाइते रहेका छन् । घाईतेहरुलाई कपुरकोट गाउँपालिकाका जनप्रतिनिधी, स्थानीयवासी तथा प्रहरी र सेनाले छाँगाबाट उद्धार गरि उपचारको लागि जिल्ला वाहिर पठाईएको छ । मृत्यु हुने सेनाहरुको ठेगाना र दर्जा यो समाचार तयार पार्दा सम्म पहिचान भएको छैन ।
भिर तथा जंगलभरि सेनाका हतियार र बिम छरपस्ट देखिएको स्थानीयहरु बताउँछन् । अहिले सेनाद्धारा संकलन कार्य जारि । दुर्घटना भएको गाडी सडकबाट देखिदैन ।