होमपेज / स्थानीय

लैंगिक हिंशा विरुद्ध कपुरकोटमा गीत र ¥यालि, स्वयमसेविकाहरु सम्मानित

  तिखो खबर २०७६ मंसिर १९ गते बिहीबार १७:३५:१८   ३०९० पटक हेरिएको

१९ मंशिर सल्यान :

सचेतनामूलक गीत,¥यालि र तथा अन्तरक्रिया सहित सल्यानमा लैंगीक हिंशा विरुद्धको १६ दिने अभियान मनाईएको छ ।

जिल्लाको कपुरकोटमा अभियान अन्तरगत विहिबार गन्दर्भ समाज प्युठानका कलाकारहरुले महिला हिंशा अन्त्यका लागी सांगीतिक प्रस्तुती राखेका थिए ।

 यस्तै आमा समूह, महिला स्वास्थ्य स्वयमसेविका, शिक्षक, विद्यार्थी, जनप्रतिनिधी, प्रहरी सहितको ¥यालि महिला हिंशा विरुद्ध नारा लगाउँदै बजार परिक्रमा गरेको थियो । 

साथै विहिबार नै महिला स्वास्थ्य स्वयमसेवीका दिवस पनि स्वयमसेविकाहरुलाई सम्मान गरेर मनाईएको स्वास्थ्य शाखा कपुरकोटका संयोजक अरुण दाहालले बताए । 

¥यालि पश्चात भएको अन्तरक्रिया कार्यक्रममा गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले महिला भएकै कारणबाट हुने विभिन्न खाले विभेदपूर्ण व्यवहार शोषण शारीरिक, मानसिक तथा यौनिक यातनाहरू र दुव्र्यवहार अन्त्यका लागि आफूहरुले नियमित रुपमा कार्यक्रमहरु सञ्चालन गरिरहेको जनाए ।

 स्वास्थ्यको क्षेत्रमा महिला स्वास्थ्य स्वयमसेविकाहरुको योगदानको प्रसंशा गर्दै अध्यक्ष सेनले प्रोत्साहन स्वरुप आफ्नो गाउँपालिकाले स्वयमसेविकाहरुलाई मासिक एक हजार रुपैयाँ उपलब्ध गराईरहेको बताए । 

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले बढि जसो महिलाहरु घरेलु हिंशामा पर्ने गरेको जनाउदै पछिल्लो समय पुरुषहरु पनि हिंशामा पर्नेगरेको बताइन् ।

 उनले न्यायीक समितीमा आएका ७० वटा उजुरिहरु मध्ये २ वटा पुरुष पनि पिडित रहेको उजुरि आएको जानकारि गराइन् । हिंशा सहेर बस्न नहुने जनाउदै न्यायीक समिती संयोजक समेत रहेकी बुढा मगरले वडा कार्यालय वा गाउँपालिकामा आएर उजुरि गर्न अनुरोध गरिन् । 

सिनियर अहेव देवेन्द्र कुमार सेनले सहजीकरण गरेको कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारी, वडा नम्बर ३ का वडाध्यक्ष मिन बहादुर सेन, महिला स्वास्थ्य स्वयमसेविका राम कुमारी सेन, विद्यार्थी विष्णु बुढाथोकी लगाएतले बोल्दै महिला हिंशाका पिडकको संरक्षण हुने कार्य कसैबाट हुन नहुने कुरामा जोड दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top