होमपेज / स्थानीय

रुखले चोट लागेर सल्यानमा एक जनाको मृत्यु

तिखो खबर २०७६ मंसिर १५ गते आइतबार १७:०२:३७ मा प्रकाशित     २५३ पटक हेरिएको

१५ मङ्सिर सल्यान :
दाउराको लागी ढालेको रुखले चोट लागेर सल्यानमा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ३ फलाटे निवासि ५१ वर्षिय बाबुराम बस्नेतको मृत्यु भएको हो ।

आइतबार विहान घर जनीकैको जंगलमा उत्तीस जातको रुख ढाल्ने क्रममा उनलाई चोट लागेको थियो । 

गम्भीर घाइते उनलाई उपचारको लागि शिक्षण अस्पताल कोहलपुर लगिएकोमा अस्पतालले मृत घोषणा गरेको उनका साला फलाटे निवासि सुन प्रसाद खत्रीले जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top