होमपेज / स्थानीय

सल्यानमा गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्दार

तिखो खबर २०७६ मंसिर ५ गते बिहीबार १९:२४:१३ मा प्रकाशित     ३२९ पटक हेरिएको

५ मङ्सिर सल्यान :

सल्यानमा गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्दार गरिएको छ ।

जिल्लाको शारदा नगरपालीका वडा नम्बर १३ स्यानीखालकी २८ बर्षिय सुगन्धा पुनलाई जिल्ला अस्पताल सल्यानमा उपचारको प्रयास गर्दा पनि स्वास्थ्यमा सुधार नभएपछि नेपाली सेनाको हेलीकप्टर बाट उद्धार गरी नेपालगञ्ज रिफर गरीएको हो ।

अत्याधिक प्रेसर, छारे बढेपछि गएराती जिल्ला अस्पताल सल्यानमा ल्याईएको थियो । अस्पतालमा बेहोस भएकी पुन होसमा नआएपछि नेपाली सेनाको हलीकप्टर मार्फत नेपालगञ्ज रिफर गरिएको जिल्ला अस्पताल सल्यानका डा अर्जुन बुढा मगरले जानकारी दिए ।

उनका अनुसार गर्भवती पुनको रक्तकोषीका फुटेको, कलेजो र मृगौलामा समेत समस्या देखिएका कारणले जिल्ला अस्पतालमा उपचार हुन नसकेको हो ।

पेटमा रहेको आठ महिनाको शिशुको भने अवस्था सामान्य रहेको छ । 
प्रमुख जिल्ला अधिकारीको पहलमा गृहमन्त्रालय सँग समन्वय गरेरराष्टपति उद्दार कार्यक्रम मार्फत सेनाको हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार गरेको अस्पताल प्रमुख बुढाले जानकारी दिए।

यस अघि पनि जिल्ला अस्पताल सल्यानमा उपचार हुन नसकेकी एक जना महिलाको हेलीकप्टर मार्फत उद्धार गरिएको थियो ।महिना नपुगेको गर्भवतीका लागी यहाँ सल्लेक्रिया  हुने भएपनि बच्चाको सुरक्षाको लागी एनआईसी नभएको अस्पतालले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top