होमपेज / स्थानीय

मोटरसाइकलको ठक्करबाट सल्यानमा एक वृद्धाको मृत्यु

तिखो खबर २०७६ मंसिर ३ गते मंगलबार ०९:३१:५० मा प्रकाशित     ३७९ पटक हेरिएको

३ मङ्सिर सल्यान :
सल्यानमा मोटरसाईकलको ठक्कर बाट  एक जनाको मृत्यू भएको छ ।

श्रीनगरबाट दाङ्ग तर्फ जादैँ गरेको मोटरसाईकलले ठक्कर दिदाँ घाईते भएकि छत्रेश्वरि गाउँपालिका ६ भोटेचौरकि ८० वार्षिया बालिका बिस्टको मृत्यु भएको हो।

सोमबार दिउसोँ साढेँ १ बजेको समयमा बाटो काट्ने क्रममा रा ४ प २४२४ नम्बरको मोटरसाईकलले बिष्टलाई छत्रेश्वरी गाउपालिका ६ मा रहेको गाउँपालिका कार्यालय नजिक ठक्कर दिएको जिल्ला ट्राफिक कार्यालय सल्यानले जनाएको छ।

मोटरसाईकलको ठक्करबाट घाईते बिष्टको श्रीनगरमा उपचार सम्भव नभएपछि नेपालगञ्ज रिफर गरिएको थियो । उनको उपचारको क्रममा सोमबार बेलुका साढे सात बजे तित मृत्यू भएको जिल्ला ट्राफिक कार्यालय सल्यानले जनाएको छ । 

मृतक बिस्टको टाउको त खुट्टामा चोट लागेको बताएको छ।
चालक जित बहादुर पुन र मोटरसाइकललाई लुहाम प्रहरिले नियन्त्रणमा लिएको छ।घटनाका बिषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top