होमपेज / स्थानीय

निशुल्क प्याड बितरण गर्दै शारदा नगरपालिका

तिखो खबर २०७६ कार्तिक १८ गते सोमबार २१:४८:०० मा प्रकाशित     १४३ पटक हेरिएको

यादब उपाध्याय /१८ कार्तिक सल्यान :
शारदा नगरपालिका सल्यानले बिधालयमा अध्ययनरत छात्रा हरुको लागि सेनेटरी प्याड बितरण सुरु गरेको छ।

सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरि नगरपालिकाको वडा नम्बर १ सितलपाटीमा रहेको शिबजन माबीबाट प्याड बितरण कार्य सुरु गरिएको हो।

मासिकश्राव(नछुने)भएको अवस्थामा छात्राहरु बिधालय  नजाने र शैक्षिक गुणस्तरमा प्रभाव पार्ने अवस्था लाई न्युनिकरण गर्न प्याड बितरण गरिएको शारदा नगरपालिकाले जनाएको छ।

नगरपालिकाले गत असारमा सम्पन्न नगरसभा बाट प्याड बितरणको नीति पारित गरेपछि आबस्यक बजेट बिनियोजन गरि प्याड बितरण कार्यको सुरुवात गरिएको नगर प्रमुख शुरेस अधिकारिले बताएका छन।

शिक्षित नारी समाज परिवर्तनका वाहक हुने भन्दै महिला शिक्षाको प्रवर्धनका लागि प्याड बितरण कार्य उपलव्धिमुलक हुने आशा राखेको नगरप्रमुख अधिकारिले बताए। 

प्याड बाहेकका घरेलु बिकल्प हरु जोखिम पुर्ण हुने भन्दै प्याडको प्रयोगले महिलाको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्ने अपेक्षा उनले राखे।

नगर भित्रका १४ वटा माबी हरुलाइ पहिलो प्राथमिकतामा राखेर सेनेटरी प्याड बितरण गरिने भनिएपनी आबस्यकता अनुसार नगर भित्रका करिव ५ दर्जन स्कुल हरुमा यो अभियान लाई बिस्तार गरिने लक्ष रहेको नगर स्वास्थ्य प्रमुख रबिन बिस्टले जानकारी दिएका छन।

नगरपालिकामा उपलव्ध तथ्यांक अनुसार करिव १७ सय बालिका हरुले नगर द्वारा निशुल्क उपलव्ध गराइएको सेनेटरी प्याड प्रयोग गर्ने नगरपालिकाले जनाएको छ।

कार्यक्रममा नगर शिक्षा प्रमुख लिलाधर बबाल,बिधालयका प्रअ हिरालाल नेपाली अग्रज गुरु एवम शिक्षाबिद अनन्तराम आत्रेय लगाएतको उपस्थिती थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top