होमपेज / स्थानीय

सल्यानमा टिप्पर पल्टदा १ जनाको मृत्यु तीन जना घाइते

तिखो खबर २०७६ आश्विन १४ गते मंगलबार २०:४३:०२ मा प्रकाशित     ५२ पटक हेरिएको

१४ असोज सल्यान :
सल्यानमा रोकि राखेको टिप्पर चल्दा एक मजदुरको घटना स्थलमै मृत्यु भएको छ  भने तीन जना घाइते भएका छन् ।

 शारदा नगरपालिकाको कार्यालय नजिकै बा ३ क २३६५ न टिप्पर दुर्घटना हुँदा शारदा नगरपालिका वडा न ८ मार्केकी ४५ वर्षिया रामकली विकको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

विक खलंगा सुर्खेत सडकमा मजदुरको रुपमा काम गर्दै आइरहेकी थिइन । घाइते हुनेमा शन्तोषी सेवा निमार्णका कामदार ३५ वर्षका मोहिसन मुसिया, हरिशंकर भन्तु र शेषनाथ कुमाल रहेका छन् ।

 घाइते तीनै जनाको सल्यान अस्पतालमा उपचार भई रहेको छ । मृत्तक विकले पानी पिउन भनेर झ्याल खोलेर पानीको खोज्ने क्रममा गाडीको ब्रेकमा हात जाँदा टिप्पर व्याक भई सडकबाट तल खसेको थियो । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top