होमपेज / स्थानीय

अटाेकाे चर्को भाडा प्रती स्थानीय अान्दाेलित

तिखो खबर २०७६ आश्विन १३ गते सोमबार १२:२३:२१ मा प्रकाशित     १३३ पटक हेरिएको

दुर्गा विसि/ १३ असोज सल्यान :

सल्यान र सुर्खेतको सिमाना धारापानि वजारका स्थानीय अटाेकाे चर्को भाडा दर प्रति आक्रोशित वनेका छन् ।

देउति माला अटाे व्यवसायिहरुले धारापानि वजार देखि सुर्खेतको गुर्भाकोट नगरपालिकाकाे वाेटेचौर वजार  सम्म १० किमि दुरिकाे ८० रुपैयाँ कायम गरे पछि स्थानीय रुष्ट वनेका हुन। 

अटाेेकाेे मनाेमानि प्रति स्थानीयले विराेध जनाएका छन् । त्यसै गरि सल्यानकाे रैकर देखि सल्लिवजार सम्मकाे दुरि १२ किमि रहेकाे छ ।

भाडादर भने १ सय रुपैयाँ कामयम गरिएको छ । अटाेकाे विकल्पमा अब अन्य यातायातका साधानमा सवार गर्ने स्थानीय दल वहादुर वि. क. को भनाइ छ । 

अटाे मनाेमानि भाडादरकाे सबैले विराेध जनाएका छन् ।६ किमि यात्राको समेत कुनै कुनैले १ सय दिने समेत गरेको जनाएको छ ।

स्थानीय र अटाे सञ्चालक विच भाडादर कायम गर्ने सहमतिकाे प्रयास पनि असफल भएको विककाे भनाइ छ ।

गुर्भाकोट नगरपालिका सुर्खेतले एक लौटी अाफुले अटाेहरुबाट चर्को कर असुलि नागरिकलाई चर्को भाडादर लादेकाे अाराेप समेत लगाएको छ । 

गुर्भाकोट नगरकाे प्रस्तावना र कार्यविधि अनुसार अाफुहरु सञ्चालन भएको देउति  अटाे व्यवसायीकाे भनाइ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top