होमपेज / स्थानीय

एमएम एकेडेमीका बिद्यार्थीले गरे टुडिखेल सरसफाइ 

तिखो खबर २०७६ भाद्र २२ गते आइतबार १९:५९:४९ मा प्रकाशित     ५९५ पटक हेरिएको

अर्मोस बिस्ट /२२ भदौ सल्यान :

 ४० औ रास्ट्रिय शिक्षा दिबसको अबसरमा सल्यान खलङ्गामा सरसफाई कार्यक्रम गरिएको छ।

शारदा नगरपालिका २ खलंगा स्थित एमएम एकेडेमीका बिद्यार्थी हरुले खलंगाको टुडिखेल सरसफाई गरेका हुन।
फोहरका कारण अशोभनिय देखिएको भन्दै सरसफाई गरिएको बताएको छ।

टुडिखेलमा र त्यस वरपर रहेका खाद्य पदार्थका खोलहरु,पलास्टिक,बोतलहरु,गुटखाका खोलहरु देखिएर अशोभनिय देखिएकाले आफुहरुले सरसफाई गरेको बिद्यार्थी हरुले बताएका छन।

 शिक्षा दिवस पारेर टुडिखेलमा विभिन्न कार्यक्रम भएपछी फोहर पनि थपिएको थियो। शिक्षा दिवसको कार्यक्रम समापन पछि बिद्यार्थी हरुले सरसफाइ गरेका हुन।
बिद्यार्थी हरुले शिक्षा सिकाई मात्र नभई ब्यबहारमा पनि लागू गर्नुपर्ने बताएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top