होमपेज / स्थानीय

खुर्पा प्रहार गरि तिजकै दिन श्रीमतीको हत्या

तिखो खबर २०७६ भाद्र १७ गते मंगलबार ०८:३१:४४ मा प्रकाशित     २०४ पटक हेरिएको

१७ भदौ रुकुम पश्चिम :

खुर्पा प्रहार गरी रुकुम पश्चिममा एक व्यक्तिले आफ्नै श्रीमतिको हत्या गरेका छन् ।

जिल्लाको मुसीकोट नगरपालिका वडा नम्बर  ३ माछिमिका २७ वर्षीय नविन खड्काले २५ वर्षीया श्रीमति कमला बुढाथोकी खड्काको खुर्पा प्रहारगरि हत्या गरेका हुन।

खड्काले श्रीमती कमालाको गएराति हत्या गरेको जिल्ला प्रहरी कार्यालयले रुकुम पश्चिमले जनाएको छ । 

अत्याधिक मदिरा सेवन गरी तीजको दिन बेलुकी ८ बजेको समयमा नविनले श्रीमति कमलाको हत्या गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिए । 

श्रीमतिको हत्या गरी फरार भएका नविनलाई मंगलबार विहान सवा २ बजेको समयमा घर नजिकैको जंगलमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको डिएसपी खड्काले बताए । 

उनीसंगै श्रीमतिलाई प्रहार गरेको खुर्पासमेत बरामद गरिएको प्रहरीले जनाएको छ । के कारणले उनले श्रीमतिको हत्या गरेका हुन् भन्ने खुलि नसकेको प्रहरीको भनाइ छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top