होमपेज / स्थानीय

सल्यान लान्तीकि एक महिलाको दुबै मृगौला फेल,आर्थिक स्तिथी कमजोर,उपचारमा आर्थिक सहयोग गर्न आग्रह।

तिखो खबर २०७५ फाल्गुण २२ गते बुधबार ०७:४२:४० मा प्रकाशित     २३५९ पटक हेरिएको

सल्यान २२ फागुन :

दुबै मृगौला फेल भयपछी एक ब्यक्तिको उपचारमा समस्या परेको छ।जिल्लाको छत्रेश्वरि गाउँपलिका वडा नम्बर ६ लान्तीकि ४० वार्षिया शखिला नेपालीको उपचारमा समस्या परेको हो।


लामो समय बिरामी भयकी नेपालीको नेपालगंज मेडिकल कलेज शिक्षन अस्पताल नेपालगंजमा उपचारपछि ललितपुर स्थित सुमेरु अस्पतालमा रेफर गरियको छ।

शारदा खोलाको माछा मारेर आफ्नो परिवारको दैनिक जिबिका चलाउन धौधौ पर्थ्यो,झन अब श्रीमतीको दुबै मृगौला फेल भयपछि उपचारको लागि पैसा कहाबाट ल्याउने भनेर आफू चिन्तित भयको नेपालिका श्रीमान अर्जुन बादीले बताए।

आफू एक्लैले माछा मारेर घरका ६ जनाको परिवार पाल्नु पर्छ,नत सम्पत्ति छ नत पैशानै बादीले भने।उपचारको लागि  रिन ल्याएको १ लाख पैसा पनि सकियो अब काठमान्डौ जाने भाडा समेत छैन उनले बताए।

उपचारको लागि आर्थिक सहयोग गरिदिन नेपालिका श्रीमानले सबैसग आग्रह गरेका छन।पैसा आउने ठाउँ छैन कसरी उपचार गराउ माछा मार्न पनि बन्दभयो उनले भने।उपचार गर्न सबैले सक्दो आर्थिक सहयोग गरे उपचार गर्न काठमान्डौ लैजानिथिए उनले भने।

आर्थिक स्तिथी एकदमै कमजोर तथा बिपन्न परिवार भएका लारन नेपालीको उपचारमा सबैले सक्दो आर्थिक सहयोग गरिदिन वडा अध्यक्ष चुडामणि दसौदीले सबैलाई आग्रह समेत गरेका छन।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top