होमपेज / स्थानीय
१६ चैत , बाग्लुङ :
बागलुङमा होलि मेलामा युवाबीच भएको झडपमा दुई जनाको मृत्यु भएको छ । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा दुई समूहबीच भएको झडपमा केही घाइते समेत भएका छन् ।
मृत्यु हुनेमा ३६ बर्षका प्रकाश कुँबर र ३४ वर्षका दिपक दमाइ रहेका छन् । उनीहरुको शव बल्देधुरी भीरबाट तल खसेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । १ दर्जन बढी युवाहरु सम्पर्क बिहिन भएका छ्न। उनिहरुको खोजिकार्य भैरहेको प्रहरीले बताएको छ।
कुबर नेपाली कांग्रेस बाग्लुङका जिल्ला सदस्य हुन भने दमाई क्रीयासिल सदस्य हुन।
गुल्मी, बागलुङ र प्युठानको सिमाना बल्देधुरीमा होली मनाउन गएका युवाबीच झडप भएको हो । सो स्थानमा मेला मनाउन तीन जिल्लाका करिव छ सय मानिस पुगेका थिए । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । झडपको कारण भने खुलेको छैन ।