होमपेज / स्थानीय

दाङमा स्कुलबस दुर्घटना, १ जनाको मृत्यु

  तिखो खबर २०७७ चैत्र १० गते मंगलबार ०८:४३:४९   ३६८० पटक हेरिएको

१० चैत, दाङ :
दाङ दाङको तुलसीपुरस्थित पब्लिक ज्ञान ज्योति माविको विद्यार्थी बोकेको बस दूर्घटनामा हुदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा तुलसीपुर १५ की सम्झना केसी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ कोठरीमा बिहान प्लस टूका विद्यार्थी ल्याएर बजार तर्फ आउँदै गरेको बस दूर्घटनामा परेको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय तुलसीपुका प्रमुख डिएसपी शिवबहादुर सिंहले दूर्घटनामा २३ जना जना घाइते भएका छ्न । घटनाका घाइतेहरुको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइ रहेको छ । ईलाका प्रहरी कार्यालयका अनुसार ५ जना घाइतेलाई कोहलपुर रिफर गरीएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top