होमपेज / स्थानीय

सल्यानको कपुरकोट स्थित दानवाङमा आगलागी, २ घर जलेर नष्ठ

  नबिन पौडेल २०७७ चैत्र ६ गते शुक्रबार १२:१२:३२   २६४० पटक हेरिएको

६ चैत, सल्यान:
सल्यानको कपुरकोट गाउँपालिका वडा नं २ दानवाङमा विहिबार विहान आगलागी हुँदा दुई घर पूर्ण रुपमा जलेर नष्ठ भएका छन् । अर्काे एक घरमा पनि सल्कीएको आगो स्थानीयले नियन्त्रणमा लिएका छन् । स्थानीय शुक बहादुर बुढा, खर्क बहादुर घर्ती र केशर घर्तीको घरमा आगलागी भएको हो ।

शुक बहादुर र खर्क बहादुरको घरमा भएका नगद, गरगहना संगै अन्नपात, लत्ता कपडा, भाँडाकुडा सबै जलेर नष्ठ भएका छन् । श्रीमानले भखैरै विदेश बाट पठाएको दुई लाख ५० हजार रुपैयाँ र एक तोला सुन आगलागीमा जलेको खर्क बहादुरकी बुहारी हेमा घर्तीले जानकारि दिइन् ।
यस्तै शुक बहादुरले पनि आफ्नो घरमा भएको नगद १५ हजार रुपैयाँ जलेर नष्ठ भएको बताए ।  आगलागिको कारण भने खुल्न सकेको छैन । शुक बहादुरको घरबाट लागलागी शुरु भएको स्थानीयहरुले देखेका थिए । स्थानीयहरु, नेपाल प्रहरी लगाएतले आगोलाई नियन्त्रणमा लिएर नजिकै रहेका अन्य घरमा क्षति हुनबाट जोगाएका थिए । प्रहरीले क्षतिको विवरण तयार गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top