होमपेज / स्थानीय

सल्यान उद्योग बाणिज्य संघको अध्यक्षमा कुमार बुढाथोकी निर्वाचित

  नबिन पौडेल २०७७ चैत्र १ गते आइतबार २३:२३:४२   ४१६० पटक हेरिएको

१ चैत, सल्यान :
सल्यान उद्योग वाणिज्य संघको अध्यक्षमा कुमार बुढाथोकी निर्वाचित भएका छन् । उनका प्रतिद्वन्दी राजेन्द्र कुमार थापा भन्दा ९९ मत बढी ल्याएर बुढाथाेकी विजयी भएका छन् ।

आइतबार राती सकिएकाे कुल २ हजार ३ मतगणनामा बुढाथाेकीले  १ हजार २७ ल्याएका छन् भने थापाले ९ सय २८ ल्याएका छन् ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा बिरेन्द्र कुमार श्रेष्ठ (१ हजार ४७ मत), बाणिज्य उपाध्यक्षमा भरत कुमार बस्नेत (११ सय १२ मत), उद्याेग उपाध्यक्षमा प्रेम बहादुर पुन (९ सय ५३ मत) महासचिवमा माेहन सारु (९ सय ६७ मत), सचिव सुरेश कुमार केसी (९ सय ८० मत) र काेषाध्यक्ष सुरेन्द्र बुढा (१ हजार २ मत)ले  निर्वाचित भएकाे निर्वाचन समितीले जनाएकाे छ ।

अन्य सदस्यहरुमा निरज सिंह मात्रै प्रगतिशिल प्यानलबाट निर्वाचित भएका छन् भने अरु सबै संयुक्त प्यानलबाट निर्वाचित भएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top