होमपेज / स्थानीय

३१ सालदेखी मेरो परिवार ब्यबसायमा छ, सबै ब्यबसायीको सहयोगमा चुनाव जित्दैछु: कुमार बुढाथोकि

  नबिन पौडेल २०७७ फाल्गुण २७ गते बिहीबार २०:५४:५४   १०४८० पटक हेरिएको

नवीन पौडेल / २७ फागुन, सल्यान :
सल्यान उद्योग बानिज्य संघ सल्यानको आसन्न निर्वाचनमा संयुक्त ब्यबसायिक प्यानलका अध्यक्षका उम्मेद्बार कुमार बुढाथोकिले आफुहरु जितको पर्खाईमा रहेको बताएका छ्न। निर्वाचन नजिकिदै छ, सम्पुर्ण मतदाताको इच्छानै कुमार नेतृत्व टिम आउनुपर्छ भन्ने छ त्यसैले नतिजाको पर्खाईमा छौ" उनले भने।

२२ गतेबाट चुनाबी प्रचार सुरु गरेको संयुक्त व्यवसायिक प्यानल प्रत्यक मतदाताकहाँ पुगेर सहयोगको अनुरोध गरेको छ। प्यानलले प्रचारप्रसारको कार्य विभिन्न तरिकाले सम्पन्न गर्दै छ। विभिन्न चरन र प्रक्रियाबाट प्यानलले प्रचारप्रसार गरेको महासचिव पदका उम्मेद्बार रुपक बुढाले बताए। विभिन्न प्रतिबद्धताका साथ चुनाबी मैदानमा होमिएको प्यानलमा बर्शौ देखि व्यवसाय संचालन गरेका व्यवसायिहरु छ्न। 

अध्यक्षका उम्मेद्बार कुमार बुढाथोकीको परिवार २०३१ सालदेखी निरन्तर व्यवसायिमा छ। कुमारका बुवा  बलबहादुर बुढाथोकी सल्यानकै प्रसिद्ध व्यवसायि हुन। बलबहादुरले २०३१ सालमा झिरघाटबाट  सुरुवात गरेको व्यापार अहिले उनका छोर कुमार सहित , अम्मर र ताराले संचालन गरिरहेका छ्न ।

२०३१ देखि २०३६ सालसम्म झिर घाटबाट ब्यापार  गरेका बलबहादुरले घोडामा सामान ल्याएर झिरघाटमा बेच्ने गर्थे। २०३७ सालमा झिरघाट छाडेर शान्तीनगरमा छिरेका बलबहादुरले २ हजार रुपैयाँबाट व्यापार सुरु गरेका हुन। घोडाबाट सामान ल्याएर बिक्रि गर्ने बुढाथोकी परिवारले हेटौडा कपडाको बिक्रेता, नेपाल आयल निगमको बिक्रेता,साल्ट ट्रनिङको बिक्रेता हुँदै अहिले गल्ला खरिद बिक्री, किराना, दैनिक उपभोग्य, गिफ्ट पसल, ग्यास डिलर, फेन्सी, संचालन गर्दै आएको छ।
यो परिवारले व्यवसाय सुरु गरेको ४६ बर्ष पुगेको छ।

बलबहादुर अहिले बुढेसकालको यात्रामा छ्न। आफुले गर्ने व्यवसायि अहिले छोराहरुले गर्ने गरेको देख्दा उनी खुशी छ्न। छोराहरुलाई व्यवसाय गर्न, ब्यापारीहरुको मर्का बुझ्ने र हक अधिकारका बारेका सिकाय" अहिले छोरो ब्यापारिका हक अधिकारका निम्ति लड्दै छ खुशी लाग्यो उनले भने"।

३१ सालदेखि व्यवसाय गरेको मेरो परिवार, बर्शौदेखि र केहि समयदेखि व्यापार गर्दै आउनु भएका सम्पुर्ण साथिहरुको सहयोगका कारण आफु चुनाबी मैदानमा आएको उनले बताए। हामी विभिन्न आस्था र बिचार राख्ने साथिहरु अहिले गोलबद्द भएका छौ" आस्था र बिचार राख्ने आफ्नो अधिकार हो, त्यसैले आफुहरु जोडिएको उनले बताए। हामिले सबै ब्यबसायिको भावना बुझ्ने हो, उहाहरुलाई परेको अफ्ठेरोमा साथ दिनेहो, ब्यबसायिका हक अधिकार सुनिस्चित गर्ने हो, ब्यबसायी सुरक्षाको ज्ञारेन्टी गर्ने हो बुढाथोले भने। हामिले कुनैपनि ब्यबसायिलाई छुट्टाउने होईन सबैको अस्तित्व र गरिमा छ; त्यसलाई हामिले सम्मान र आदर गर्नुपर्ने उनले बताए। म लगाएत मेरो सम्पुर्ण टिमले सम्पुर्ण ब्यबसायीको सम्मान गर्ने र मर्म भावना बुझ्ने र निर्वाचन जित्ने उनले बताए।

मेरो टिमका सबैजना साथिहरु व्यवसायमा हुनुहुन्छ, व्यवसायका दुख, अधिकार, सुरक्षा लगाएतका सम्पुर्ण कुराहरु राम्रो सङ बुझ्नु भएको छ, त्यसैले हाम्रो नेतृत्व सक्षम भएको कोषाध्यका उम्मेद्बार सुरेन्द्र बुढा( एसबी) ले बताए।

हामी अहिले कुनैपनि व्यवसायि हरुलाई छुट्टाउने पक्षमा नरहेको बानिज्य उपाध्यक्षका उम्मेद्बार भरत बस्नेतले तीखो खबरलाई बताए। व्यवसायिहरु सबै एक हुनुपर्छ त्यसैले हामी संयुक्त रुपमा गयौ उनले भने। निर्वाचन यहि २९ गते हुदैछ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top