होमपेज / स्थानीय

उद्योग वाणिज्य संघ सल्यानको चुनावको लागि संयुक्त ब्यवशायी प्यानलको प्रचार शुरु

  नबिन पौडेल २०७७ फाल्गुण २१ गते शुक्रबार १९:१७:५४   २८६० पटक हेरिएको

२१ फागुन, सल्यान :
सल्यान उद्योग बाणिज्य संघको आसन्न निर्वाचनका लागि प्रतिष्पर्धामा उत्रीएका दुई प्यानलले प्रचारप्रशारलाई तिब्रता दिन थालेका छन् । कुमार बुढाथोकीको नेतृत्वमा नेपाली कांग्रेस, ओली नेतृत्वको नेकपा र राप्रपाको समर्थन रहेको संयुक्त ब्यवशायी प्यानल र राजेन्द्र कुमार थापाको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल पक्षको प्रगतिशित प्यानलले प्रचारप्रशार शुरु गरेका हुन् ।

यस क्रममा व्यवसायिक एकता आजको आबस्यकता, आर्थिक समृद्धि र पारदर्शिता भन्ने मुल नाराका साथ संयुक्त व्यवसायिक प्यानलले प्रचार शुरु गरेको अध्यक्ष पदका उम्मेदवार कुमार बुढाथोकीले बताए । यहि फागुन २९ गते हुने उद्योग वाणिज्य संघ सल्यानको निर्वाचनका लागि आफ्ना एजेण्डाहरु लगेर मतदातामाझ पुग्ने उद्देश्यले प्रचारप्रशार शुुरु गरिएको उक्त प्यानलले जनाएको छ । 

व्यवसायिक एकता, हकहित, पर्यटन, महिला लघु उद्यम, एकद्वार प्रणाली, आर्थिक बिकास, व्यवसायिक सुरक्षा लगाएतका प्रमुख प्रतिबद्धता लिएर उद्योगी, व्यवशायी, ब्यापारी माझ जान लागेको महासचिव पदका उम्मेदवार रुपक बुढाले बताए । ‘हामी प्रचारप्रसार होमि सकेका छौं, जित सुनिश्चित छ,’ उनले भने । विभिन्न चरण र माध्यमबाट प्रचारप्रसारका गतिविधिको सुरुवात गरिएको संयुक्त व्यवसायिक प्यानलको सचिबालयले जनाएको छ । 

यस प्यानलका उम्मेदवारहरुले आफ्नो अनुभवलाई व्यावसायिक क्षेत्रको हित, विकास र विस्तारका लागि प्रयोग गर्नका लागि उम्मेदवारी दिइएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top