होमपेज / स्थानीय

निर्माण व्यवसायि संघ सल्यानको साधारण सभा चैत्र ६ र ७ गते हुने

  नबिन पौडेल २०७७ फाल्गुण १० गते सोमबार १६:२५:१८   १४३० पटक हेरिएको

१० फागुन, सल्यान :
नेपाल निर्माण व्यवसायी संघ सल्यानले आफ्नो वार्षिक साधारण सभा
गर्ने भएको छ। आउदो चैत ६ र ७ गते संघले साधारण सभा गर्ने भएको हो।

सोमबार संघको कार्यालय खलंगामा बसेको बैठकले १९ औं साधारण सभा भब्य रुपमा गर्ने निर्णय गरेको संघका अध्यक्ष राजेश गिरिले बताएका छन । साधारण सभाले कार्यसमितिको नयाँ नेतृत्व समेत चयन गर्ने अध्यक्ष गिरिले बताए।

संघको बैठकले यहि फागुन मसान्त सम्म सद्स्यता नविकरण गर्ने निर्णय गरेको छ । संघमा आवद्ध सबै व्यवसायी हरुले फागुन मसान्त सम्म सदस्यता नविकरण गर्ने समय सिमा तोक्दै तोकिएको समय भित्र सदस्यता नविकरण नगरेमा साधारण सभामा भाग लिन नपाउने निर्णय गरेको अध्यक्ष राजेश गिरिले बताएका छन । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top