होमपेज / स्थानीय

बहुविवाह गरेका सल्यानका एक वडा अध्यक्षलाई १ बर्ष कैद सजाय, १० हजार जरिवाना

  नबिन पौडेल २०७७ फाल्गुण ४ गते मंगलबार ०८:२८:५९   ३९९० पटक हेरिएको

४ फागुन, सल्यान :
बहुविवाहको आरोपमा पक्राउ परेका सल्यानका एक वडा अध्यक्ष १ बर्ष कैद सजायमा परेका परेका छ्न ।

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–९ का वडा अध्यक्ष  ५२ वर्षीय इन्द्रबहादुर कुमाइलाइ जिल्ला अदालत सल्यानले कैद सजाय सुनाएको हो । वडाध्यक्ष सँगै उनकी कान्छी श्रीमतीलाई समेत अदालतले फैसला सुनाएको छ । दुबैजनालाई एक वर्ष कैद सँगै १० हजार जरिवानाको फैसला अदालतले गरेको छ ।

जिल्ला अदालत सल्यानका न्यायाधिस कुल प्रसाद पाण्डेको इजलाशले वडा अध्यक्ष र उनी संग बहु विवाह गरेकी ४८ वर्षीया ग्वाँमी विष्ट कुमाईलाई एक वर्ष कैद र जनही १० हजार जरिवानाको फैसला सुनाएको हो ।

घरमा दुइवटा पत्नी र दुबै पत्नी तर्फबाट ४ वटा छोराछोरी हुँदाहुँदै वडा अध्यक्षले स्थानीय महिलालाइ मंसिर ३ गते भगाएर सम्पर्क बिहिन भएका थिए । लुकीछिपी बसी रहेको अवस्थामा प्रहरीले दुबैजनालाइ मंसिर १९ गते जयतपानीबाट पक्राउ गरेको थियो ।

यस अघिनै वडाध्यक्ष कुमाईले आफुले तेस्रो बिहे गरेको स्वीकार गरेका थिए । उनले भनेका थिए, ‘हामी लामौ समयदेखी प्रेममा थियौं, गाउँमा सबैले थाहा पाए अनि म बिहे गर्न बाध्य भए ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top