होमपेज / स्थानीय
२५ माघ, सल्यान :
नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदम बहादुर शाहीले टिमुर, फलफुल, तरकारी उत्पादनको हिसाबले सल्यान धेरै संभावनायुक्त जिल्ला भएको बताएका छन् । कृषि, पर्यटन, धार्मिक हिसाबले निकै संभाबनायुक्त जिल्ला भएपनि स्थानीय सरकार र उद्योग वाणिज्य संघ बिच समन्वयको अभाव हुँदा समस्या आएको बताएका हुन। कोरोना महामारीले औद्योगिक क्षेत्रमा धेरै असर परेकाले उद्योगी व्यापारीले समस्या झेल्नु परेको बताए ।
आइतबार सल्यान उद्योग बाणिज्य संघको १० औै बार्षिक साधारणसभा तथा ८ औै अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै शाहीले स्थानीय तह सरकार गठन भएको तीन वर्ष बितिसक्दा पनि स्थानीय सरकार र वाणिज्य संघ बिच समन्वय सहकार्यको अभाव रहेको बताए । स्थानीय तहमै रोजगारी सृजनागर्न जिल्लामा उत्पादन भएका बस्तुहरुलाई बजारीकर गरी प्रवद्र्धन गर्नु पर्ने बताए ।
जिल्ला समन्वय समिति सल्यानका प्रमुख केश बहादुर बिष्टले कृषि उत्पादनलाई बृद्धि गर्न आगामी दिनमा योजना बनाएर जानु पर्नेमा जोड दिए । जिल्लाको विकास गर्न नीजि लगानीको वातावरण पनि निमार्ण गर्नु पर्ने बताए ।
नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य सुरकृष्ण बैधले उद्योगी व्यावसायीलाई करको दायारामा ल्याउनु पर्ने बताए । महासंघपनि आम व्यापारीको हकहितका लागी अगाडी लडिरहेको र सरकारपनि व्यापारीको समस्यामा सम्बोधन गर्न बाट पछि हट्न नहुने बताए ।
साधारणसभामा दिपेन्द्र कुमार खत्रीलाई मानार्थ सदस्यता प्रदान गरेको छ भने कोभिडको असहज परिस्थितमा संघ मार्फत जिल्लाको हक हितको लागी सहयोग गर्ने विभिन्न ब्यापारीहरु लाई सम्मान पनि गरेको छ ।
सल्यान उद्योग बाणिज्य संघ सल्यानका अध्यक्ष बिर बहादुर चलाउनेको अध्यक्षतामा भएको कार्यक्रममा बागचौर नगरपालिका प्रमुख लोकमान बुढाथोकी,त्रिबेण गाउपालिका अध्यक्ष मान बहादुर डाँगी,प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जिल्ला सचीव कर्ण बहादुर बुढाथोकी, नेपाली काँग्रेसका जिल्ला सभापति गणेश चन्द, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का जिल्ला अध्यक्ष नेत्र लाल श्रेष्ठ, राष्ट्रिय जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष खड्क बहादुर पुन, रुकुम उद्योग बाणिज्य संघका अध्यक्ष पहल बहादुर खड्का, आन्तरिक राजस्व कार्यालय दाङका प्रमुख कर अधिकृत गोपिकृष्ण कोइराला, उद्योग बाणिज्य संघ सल्यानका संस्थापक अध्यक्ष भोलानाथ खड्की, पुर्वअध्यक्ष टोपेन्द्र शर्मा, नेपाल पत्रकार महासंघका कर्णाली प्रदेश सदस्य नबिन पौडेल लगाएतकाले मन्तव्य राखेका थिए। साधारणसभाको सहजीकरण महासचिव भरत बस्नेतले गरेका थिए।