होमपेज / स्थानीय

बसमा छुटेको नगत ४ लाख सल्यान प्रहरीको सक्रियतामा भेटियो

  नबिन पौडेल २०७७ माघ १४ गते बुधबार ०८:१६:५७   ३२५० पटक हेरिएको

१४माघ, सल्यान :
सल्यान प्रहरीको सक्रियताले बसमा छुटेको ४ लाख रुपैयाँ भेटिएको छ।
एक उपभोक्ता समितिको नगत ४ लाख सकुशल भेटिएको हो।

जिल्लाको श्रीनगरबाट ढोरचौरतर्फ नगद ४ लाख बोकी बसमा यात्रा गर्ने क्रममा छुटेको भनी खबर गर्नसाथ ईलाका प्रहरी कार्यालय थारमारेको प्रहरी टालीले खोजतलास गर्ने क्रममा सो पैसा फेला पारेको हो ।उक्त ४ लाख नगद प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण वलीले जानकारी दिए ।

मंगलबार दिउँसो चारलाख रुपैया बोकी सिद्दकुमाख गा.पा.वडा न.४ खारबनका मान बहादुर रोका श्रीनगरबाट नम्बर थाहा नभएको बसमा चढी ढोरचौर झरेको र केही छिनपछि उक्त रकम सहितको झोला बसमा छुटेको भनी जिल्ला प्रहरीलाई खबर गर्नसाथ जिप्रका सल्यानले श्रीनगरबाट थारमारेतर्फ जाने बसहरुको चेकजाँच गर्न निर्देशन दिएको थियो ।

गाडीहरुलाई चेकजाँच कै क्रममा ईप्रका थारमारेको प्रहरी टोलीले ना ५ख ७७६१ नम्बरको बसमा नगद चारलाख सहितको कालो झोला फेला पारेको हो । उक्त फेला पारेको रकम सिद्दकुमाख गा.पा.वडा नं. ४ खारबनस्थित जलश्रोत उपभोक्ता समिति निर्माण योजनाको पहिलो किस्ताको भएको जिल्ला प्रहरी सल्यानका प्रबक्ता वलीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top