होमपेज / स्थानीय
८ माघ, सल्यान :
सामाजिक सञ्जालमा अश्लिल भिडियो, फोटो तथा सन्देश पठाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सल्यान कुमाख गाउँपालिका ४ सेराडाँडा बस्ने ३६ वर्षीय रमेश शाही भन्ने रवि शाहीलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय काठमाण्डौले जनाएको छ ।
परिचित एक महिलालाई सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जर मार्फत अश्लिल भिडियो, फोटो तथा सन्देश पठाई यौन उत्पिडन कार्य गर्ने एवं हैरानी दिने शाहीलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी नविन्द अर्यालले जानकारी दिए ।
शाहीलाई विद्युतिय कारोवार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसुर गरेको पाइएको उनको भनाई छ । जिल्ला अदालत काठमाण्डौबाट पक्राउ अनुमती लिई जिल्ला प्रहरी कार्यालय सल्यानको सहयोगमा मंगलबार पक्राउ गरिएको र उनको थप अनुसन्धान भई रहेको प्रहरीले बताएको छ ।