होमपेज / स्थानीय

भेरी नदिमा बस खस्यो, चालकको मृत्यु, एक घाईते, एक बेपत्ता

  नबिन पौडेल २०७७ पौष २३ गते बिहीबार १७:३८:४३   ३६३० पटक हेरिएको

२३ पुस, सुर्खेत :
दाङबाट सल्यानको सल्लीबजारतर्फ जाँदै गरेको ना ५ ख ७७५० नम्बरको बस सुर्खेतको गुर्भाकोट नगरपालिका–९ भुल्केमा दुर्घटना भएको छ। दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बसका चालक दाङको बबई गाउँपालिका–३ का सुमन नेपाली छन्। 

त्यस्तै दुर्घटनामा कालिमाटी गाउँपालिका–४ खैरेनी सल्यानका दीपक भनिने ईश्वर सुनार घाइते भएका छन्। उनलाई सुर्खेतको मेहलकुना अस्पतालमा प्राथमिक उपचारपछि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै दुर्घटनामा एक जना बेपत्ता भएका छन्। उनको विवरण खुलेको छैन। घाइतेका अनुसार बसमा तीन जना मात्रै सवार रहेको सुर्खेतका डीएसपी रामप्रसाद घर्तीमगरले बताए। बस दाङबाट रिजर्बमा सल्यान जान लागेको थियो।  घटनाको थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top