होमपेज / स्थानीय

घाँस बोकेर आलोचित सांंसदको गाडीमा अज्ञात समुहद्वारा आगजनी

  तिखो खबर २०७७ पौष १७ गते शुक्रबार १०:०५:३१   ३०२० पटक हेरिएको

१७ पुस, जाजरकोट :
कर्णाली प्रदेशका सांसद गणेशप्रसाद सिंहले चढ्ने कर्णाली प्रदेश ०२००१ झ ००४० नम्बरको गाडी अज्ञात समुहले जलाएर नष्ट गरिदिएको छ ।

प्रचण्ड-माधब समुहको पार्टी कार्यक्रमका लागि जाजरकोटको भेरी नगरपालिका–७ पुन्म पुगेका साँसद सिंहको गाडीमा राति कसले आगो लगायो भन्ने अहिलेसम्म पुष्टी भईसकेको छैन ।

गाडीमा कसले ? किन ? आगो लगायो भन्ने बिषयमा अहिलेसम्म केहि पनि पत्ता लाग्न नसकेको जिल्ला प्रहरी प्रमुख डिएसपी किसोर कुमार श्रेष्टले बताए । उक्त सरकारी गाडी केही हप्ता अगाडि घाँस बोकेको भन्दै व्यापक आलोचना भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top