होमपेज / स्थानीय

नेपाल बैंक लिमिटेड सल्यान शाखा एक हप्तासम्मका लागि बन्द

  नबिन पौडेल २०७७ पौष १४ गते मंगलबार ०९:४१:३९   २७१० पटक हेरिएको

१४ पुस, सल्यान :
 नेपाल बैंक लिमिटेड सल्यान खलंगा शाखा एक साताका लागि बन्द गरिएकाे छ । शाखामा कार्यरत केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि हिजा साेमबार देखी यही पुस २० गते सम्मलाई बैंक सिल गरिएको हो ।

गत शुक्रवार बैँकमा कार्यरत १२ जना कर्मचारीको स्वाव संलकन गरेर पिसिआर परिक्षण गर्दा केही कर्मचारीमा कोरोना पुष्टि भएको शाखा प्रबन्धक हरिकृष्ण उपाध्ययले बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय सल्यानको समन्वय तथा निर्देशनमा शाखा कार्यालय बाट प्रदान गरिने सम्पूर्ण सेवाहरु स्थगन गरी शाखा कार्यालय पुर्ण रुपमा सिल गरिएको उनले बताए । साथै यस अवधिमा बैंकको डिजिटल बैँकिङ्ग सेवाहरु मोवाइल बैंकिङ्ग, एटिएम लगाएतका माध्यमबाट बैकिङ्ग सेवा लिन सकिने उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top