होमपेज / स्थानीय

सल्यानमा बसको छ्तबाट सामान निकाल्दै गर्दा करेन्ट लागेर सह-चालकको मृत्यु

  नबिन पौडेल २०७७ पौष १० गते शुक्रबार १८:४७:४७   ५३२० पटक हेरिएको

१० पुस, सल्यान :
सल्यानमा बसकाे छतबाट सामान निकाल्दै गरेका गाडी सह-चालककाे करेन्ट लागेर मृत्यु भएकाे छ ।

दाङ तुलसीपुरबाट सल्यानकाे छत्रेश्वरी गाउँपालिका वडा नम्बर २ दहखाेला जाँदै गरेकाे ना ८ ख २९६२ नम्बरकाे रोकि राखेको बसकाे छतबाट यात्रुकाे सामान निकाल्दै गर्दा विद्युतकाे करेन्ट लागेर साेहि बसका सह-चालककाे घटनास्थलमै मृत्यु भएकाे प्रहरीले बताएको छ।

मृत्यु हुने सह-चालक दाङ दङीसरन गाउँपालिका बालापुर निवासी २१ वर्षीय राजेस डाँगी भएकाे प्रहरीले बताएको छ । घटना शुक्रबार साँझ ५ बजे छत्रेश्वरी गाउँपालिका ५ लेखपाेखरा बागबजारमा भएकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top