होमपेज / स्थानीय
३० मङ्सिर, सल्यान :
सल्यानको छत्रेश्वरी गाउँपालिकाले पालिका भित्रका ४० वटा विद्यालयलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
गाउँपालिकाले गाउँपालिका भित्र रहेका ४० सामुदायिक विद्यालयका लागी ज्वरो नाप्ने ४० थान थर्मल गन, २ हजार ५ सय वटा सावुन र १४ हजार ५ सय मास्क वितरण गरेको हो ।
कोरोना संक्रमणलाई मध्यनजर गर्दै सम्पुर्ण बिद्यालयमा स्वास्थ्य सामाग्री उपलब्ध बनाएको गाउँपालिका अध्यक्ष सन्तोष केसिले बताएका छन। बिद्यालयमा बिद्यार्थी तथा शिक्षक कर्मचारी हरुको स्वास्थ्य सजकता र कोरोनाको जोखिमबाट बचाउनका लागि स्वास्थ्य सामाग्री बितरण गरिएको उनले बताए।
अध्यक्ष केसिका अनुसार थर्मल गन हरेक विद्यालयमा एक ओटा
सावुन ३ जना विद्यार्थि बराबर एक ओटा, मास्क प्रति विद्यार्थि २ वटा वितरण गरिएको हो।