होमपेज / स्थानीय

छत्रेश्वरिको लेखपोखरामा १५ शैयाको अस्पतालको शिलान्यास

  नबिन पौडेल २०७७ मंसिर १५ गते सोमबार १५:३९:३१   ६११० पटक हेरिएको

१५ मङ्सिर, सल्यान :
सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ मा १५ शैयाको अस्पताल शिलान्यास गरिएको छ। लेखपोखराको लेखपाखापानीमा रहेको 
स्वास्थ्यचौकी परिसरमा सोमबार एक कार्यक्रमका बिच शिलान्यास गरिएको हो।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र गाउँपालिकाका अध्यक्ष सन्तोष केसीले अस्पतालको शिलान्यास गरेका हुन् । संघीय सरकारको सहयोगमा बन्नलागेको अस्पताल १८ करोड ६ लाख ८२ हजार लागतमा बन्ने भएको हो।

गाउँपालिकाले अस्पताल निर्माण तथा सञ्चालन आफै गर्नेछ। १५ शैयाको अस्पतालमा तीनजना मेडिकल अफिसरसहित २७ स्वास्थ्यकर्मी खटिने गाउँपालिका अध्यक्ष सन्तोष केसिले बताएका छन। बन्नलागेको अस्पताल ७ रोपनी जग्गामा बन्ने अध्यक्ष केसिले बताए। अस्पताल निर्माण हुने भएपछी खुशी ब्यक्त गर्दै अध्यक्ष केसिले अस्पताल निर्माण पश्चात्  यस क्षेत्रका नागरिकहरु उपचार गर्न बाहिर जानुपर्ने बाध्यता हट्ने बताए। गाउँपालिकाले आफ्नो हैसियतले सानोसानो रकमले ठुलोठुलो अत्यावश्यक काम गरिरहेको बताए।

अस्पतालको शिलान्यास गर्दै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले निर्माण हुन लागेको यस अस्पतालबाट सर्वसाधरणले सर्बसुलभ तरिकाले सेवा पाउनेमा आफु ढुक्क रहेको बताए । बिकास निर्माणहरु बिस्तारै हुने भएकाले नआत्तिनन उनले आग्रह गरे। बिकास निर्माणका बाधकहरु कोहि बन्न नहुने भन्दै उनले सबैको साथ र सहयोगको आबस्यक पर्ने बताए।

शिलान्यास कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सीता केसि, वडा नम्बर २ का अध्यक्ष प्रेम खड्का, ५ का अध्यक्ष लिलाधर घर्ती, केसरीदेबि भट्टराई, शिवप्रसाद खत्री, हरि केसि लगाएतकाले मन्तव्य राखेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top