होमपेज / स्थानीय

सल्यानको श्रीनगर आसपासमा थप १२ जना कोरोना संक्रमीत थपिए

  नबिन पौडेल २०७७ मंसिर ७ गते आइतबार २०:२३:५४   ६१८० पटक हेरिएको

७ मङ्सिर, सल्यान :
सल्यानको प्रमुख ब्यापारिक केन्द्र श्रीनगर आसपासको क्षेत्रका थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परिक्षणमा थप १२ जनामा कोरोना पुष्टि भएको शारदा नगरपालिकाले जनाएको छ।

संक्रमीत मध्य ९ जना शारदा नगरपालिका वडा नम्बर १ का रहेका छन् भने भने वडा नम्बर ६ का १ जना, वडा नम्बर १२ का १ जना र वडा नम्बर १४ का एक जना स्वास्थ्यकर्मीमा कोरोना पोजिटिभ देखिएको नगरपालिकाले जनाएको छ।

केही दिन अघि श्रीनगरमा कन्ट्रयाक ट्रेसिङ र लक्षण सहितका ब्यक्तिको स्वाव संकलन गरेर पठाएका ८४ स्वाव मध्ये महिला २ जना र पुरुष १० जना गरी १२ जनाको रिपोर्ट पोजिटिभ आएको हो । श्रीनगर क्षेत्रमा गरिएको सिलको समयावधि लम्बाएर १० गतेसम्म थपिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top