होमपेज / स्थानीय

गुडिरहेको बसको ढोकाबाट खस्दा सल्यानमा एकजनाको मृत्यु

  नबिन पौडेल २०७७ मंसिर ३ गते बुधबार १७:१६:१८   १७६३० पटक हेरिएको

३ मङ्सिर, सल्यान :
सल्यानमा गुडि रहेको बसको ढोकाबाट खस्दा एक जनाको मृत्यु भएको छ । सल्यानको वाफुखोलाबाट दाङ्ग जादै गरेको ना ५ ख १००१ न बसको ढोकाबाट खस्दा सल्यान बागचौर नगरपालिका ११ वाफुखोलाका २१ वर्षीय एकराज खड्काको मृत्यु भएको हो ।

बुधबार बिहान बागचौर नगरपालिका २ खरिबोट नजिकै बसबाट खसी गम्भिर घाइते खड्काको जनप्रिय पोलिक्लिनिक बागचौरमा उपचार हुन नसके पछि सल्यान जिल्ला अस्पताल लगिएको थियो । थप उपचारका लागि सल्यान अस्पताल पुर्याएका खड्कालाई अस्पताल लगेलगत्तै डा.ले मृत्त घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

बस र बस चालक प्रहरी नियन्त्रणमा रहेको र अन्य अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले बताए ।  

प्रतिक्रिया

सम्बन्धित खवर

Top