होमपेज / स्थानीय

कांग्रेस नेता दिपेन्द्र कुमार खत्रीद्वारा बाफुखोलाका बाढिपिडितलाई राहत बितरण

  नबिन पौडेल २०७७ कार्तिक २७ गते बिहीबार १०:०६:५८   २३३० पटक हेरिएको

२७ कार्तिक, सल्यान :
नेपाली कांग्रेसका नेता दिपेन्द्र कुमार खत्रीले बाढी पिडितलाई राहत बितरण गरेका छन। जिल्लाको बागचौर नगरपालिका वडा नम्बर १२ स्थित बाफुखोलाका बाढिपिडितलाई नेता खत्रीले राहत बितरण गरेका हुन।

नेपाली कांग्रेसका महाधिबेसन प्रतिनिधि समेत रहेका खत्रीले नगत १५ हजार रुपैयाँ, २ हजार थान माक्स र १० लिटर स्यानिटाइजर बितरण गरेका हुन।आफुले बाढी पिडित सुरबिर ओलि र वीर सिङ डाङीलाई १५ हजार र अन्य ब्यक्तिलाई माक्स र स्यानिटाइजर बितरण गरेको दिपेन्द कुमार खत्रीले जानकारी दिएका छन।

अप्ठेरोमा परेका परेका हरुलाई आफुले सधै सहयोग गर्ने उद्देश्यले उक्त सहयोग गरिएको खत्रीले बताए। सामाजिक कार्यमा निरन्तर लाग्ने उनले बताए। खत्री सोहो वडाबासी हुन भने तुलसिपुर उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष समेत हुन। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top