होमपेज / स्थानीय

सल्यानमा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु, श्रीनगर बजार क्षेत्र १ हप्ताकालागि सिल

  नबिन पौडेल २०७७ कार्तिक २३ गते आइतबार ११:२८:३९   ७७६० पटक हेरिएको

२३ कार्तिक, सल्यान :
कोरोना संक्रमणका कारण सल्यानमा १ जनाको मृत्यु भएको छ।
जिल्लाको शारदा नगरपालिका १ का एक पुरुषको संक्रमणका कारण मृत्यु भएको बताएको छ।

स्थानिय ब्यक्तिको कोरोना संक्रमणका कारण मृत्यु भएपछि श्रीनगर बजार क्षेत्रलाई कार्तिक २३ गते देखि कार्तिक २९ गते सम्म सिल समेत गरिएको छ ।

शारदा नगरपालिका वडा नं. १ ले एक विज्ञप्ती जारी गर्दै कार्तिक २३ गते विहान १० बजे देखि बजार क्षेत्र सिल गरिएको जनाएको छ ।
लक्षण सहितका संक्रमित भेटिन थालेपछि आवश्यक सर्तकता र रोकथामका लागि बजार सिल गरिएको वडाध्यक्ष नवराज बुढाथोकीले बताए ।

विहान ६ देखि १० बजे सम्म सुरक्षा सावधानी अपानाएर बजार खोल्न दिने र त्यसपछिको समयमा अत्यावसकीय बाहेकका सबै पसल बन्द गर्न समेत विज्ञप्तीमा आव्हान गरिएको छ ।

कोरोनका कारण ज्यान गुमाएका व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्ति र उपचारमा संलग्न व्यक्तिहरु होम क्वारेन्टाइनमा बस्न समेत बडाले आग्रह गरेको छ ।

श्रीनगरकै एकजना ब्यापारिको कोरोना पोजेटिभका कारण सिकिस्त बिरामीभै उपचार भैरहेको वडा कार्यालयले जनाएको छ।

 (बिज्ञप्ती)

प्रतिक्रिया

सम्बन्धित खवर

Top