होमपेज / स्थानीय

चुरोटबाट सल्किएको आगोले जल्दा सल्यानमा एक महिलाको मृत्यु

  नबिन पौडेल २०७७ कार्तिक १८ गते मंगलबार ०७:२९:४७   २८३० पटक हेरिएको

१८ कार्तिक, सल्यान :
सल्यानमा चुरोटबाट सल्किएको आगोले एक महिलाको ज्यान गएको छ । जिल्लाको शारदा नगरपालिका– २ मैसेपानी निवासी ५२ वर्षीया पार्वती खड्काको चुरोटबाट सल्किएको आगोले ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

आइतबार राति खाना खाएर सुत्ने वेला चुरोट खाएर ननिभाएपछि महिला निदाएको र त्यसैबाट सुतेको ओच्छ्यानमा आगो सल्किँदा महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता इन्स्पेक्टर लक्ष्मण वलीले जानकारी दिए । 

पतिको केही वर्षअघि निधन भएको र महिलाका दुई छोरा रहे पनि  हाल एक वैदेशिक रोजगारीमा तेस्रो मुलुकमा र अर्को छोरा नेपालगन्जमा रहेकाले घरमा एक्लै बस्दै आएको पारिवारिक स्रोतले जनाएको छ । 

घटना आइतबार  रातिको भए पनि छिमेकीले सोमबार बिहान थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top