होमपेज / स्थानीय

जिल्ला प्रशासन कार्यालय सल्यानबाट प्रदान गरिने सेवाहरु एकहप्ता सम्मका लागि स्थगित

  नबिन पौडेल २०७७ कार्तिक १३ गते बिहीबार १०:००:५५   ३९४० पटक हेरिएको

१३ कार्तिक, सल्यान :
कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सल्यानबाट प्रदान गरिने सेवाहरु बिहिबारदेखि एक हप्तासम्मका लागि बन्द भएका छन।

एक सुचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कार्यालयबाट प्रदान गरिने नागरिकता लगाएतका सम्पूर्ण सेवा आज कात्तिक १३ गते देखी कात्तिक २० गतेसम्म स्थगित जानकारी दिएको हो ।

जारी सुचनाअनुसार जिल्ला प्रशासन कार्यालयमा कार्यरत विभिन्न कर्मचारीहरुको बिभिन्न मितीमा संकलित स्वावको पिसिआर परिक्षण गर्दा केही कर्मचारीमा कोरोना संक्रमण देखिएको र जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भिडभाड हुने भएकाले यसले झन् कोरोना भाइरस सर्ने उच्च जोखिम भएकाले एक साताका लागी सेवाहरु बन्द गरिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ।

एकहप्ता सम्म जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने शान्ति सुरक्षा, मुद्दाको सुनुवाई तथा विपद् व्यवस्थापन सम्बन्धी बाहेकका अरु सबै सेवाहरु स्थगित गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेले बताएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

Top