होमपेज / स्थानीय

सल्यान प्रहरिद्वारा अबैध घरेलु मदिरा नष्ट •

  नबिन पौडेल २०७७ कार्तिक ५ गते बुधबार १८:५५:१३   ४६२० पटक हेरिएको

५ कार्तिक, सल्यान :
सल्यान प्रहरिले अबैध घरेलु मदिरा नष्ट गरेको छ। जिल्लाका विभिन्न स्थान हरुबाट जफत गरिएको अबैध घरेलु मदिरा नष्ट गरेको हो।

कार्तिक १ गतेदेखि ५ गतेसम्म प्रहरिका विभिन्न युनिट हरुबाट ६ हजार ५ सय ४५ लिटर अबैध मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रबक्ता प्रहरी निरीक्षक लक्ष्मण ओलिले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय सल्यानले चाडपर्व विशेष सुरक्षा योजना निर्माण गरी कार्यान्वयन गर्ने क्रममा अबैध मदिरा उत्पादन, बिक्रि वितरण तथा सेवनलाई नियन्त्रण तथा न्यूनीकरण गर्ने कार्य योजना अनुरूप 
अबैध मदिरा नियन्त्रण गरी नष्ट गरेको प्रबक्ता ओलिले बताए।

तयारी मदिरा र कच्चा पदार्थ (जाँड) समेत नियन्त्रणमा लिई नष्ट गरिएको हो। साथमा मदिरा उत्पादन गर्ने भाँडा वर्तन १३ सेट समेत बरामत गरीएको प्रहरिले जनाएको छ।

प्रहरिले अभियानै बनाएर अबैध मदिरा नियन्त्रणमा लागेको हो। विशेष गरि चाडपर्वमा मदिरा सेबनका कारण विभिन्न किसिमका झैझगडा तथा दुर्घटना घट्ने हुदा त्यसलाई नियन्त्रन गर्न प्रहरिले उच्च सतर्कता अपनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top