होमपेज / स्थानीय
४ कार्तिक, सल्यान :
सल्यानको सिद्धकुमाख गाउँपालिकाको बाँँझकाँँडामा राहत बितरण गरिएको छ। गत साउन २ गते वर्षातका कारण घर भत्किएका पिडित एक परिवारलाई राहत वितरण गरिएको छ हो।
सिद्धकुमाख गाउँपालिका १ उपल्लो बाँँझकाँँडा निवासी रत्न बहादुर बुढाथोकीलाई तरुण नेता हाल साइप्रस निवासी भरत चलाउनेले १० हजार र नेपाली काङ्ग्रेस सिद्धकुमाख तथा तरुणदल सिद्धकुमाखले संयुक्त रुपमा आठ हजार सहयोग रकम हस्तान्तरण गरेका हुन।
बिपत र अप्ठ्यारोमा जो कोहिलाईपनि सहयोग गर्नुपर्छ भन्ने उद्देश्यका साथ सहयोग गरिएको नेपाल तरुणदलका उपाध्यक्ष धनेस बुढाथोकीले बताएका छन। कार्यक्रममा बोल्ने वक्ताहरुले नेपाली कांग्रेस जनताको हरेक सुख दुखमा साथ दिने पार्टी भएकाले सधै जनतालाई सुख दुखमा यस्तै खाले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे।
नेपाली कांग्रेसका प्रदेस निर्वाचन क्षेत्रीय कार्यसमितिका सचिब महेस बुढाथोकीको प्रमुख अतिथिमा सम्पन राहत बितरण कार्यक्रममा
सिद्धकुमाख गाउँपालिकाका सभापति झुपलाल थापा,नरविर चलाउने ,सिद्धकुमाख नेपाल तरुण दलका अध्यक्ष राजेश डिसि,सिद्धकुमाख तरुण दलका उपाध्यक्ष धनेश बुढाथोकी ,कोषााध्यक्ष सुकलाल बुढाथोकी ,सुवास बुढाथोकी ,सञ्जय बस्नेत,निराजन रावतको उपस्थिति रहेको थियो। राहत सहयोग कार्यक्रम को सञ्चालन डिल्ली चलाउनेले गरेका थिए।