होमपेज / स्थानीय
३ कार्तिक, सल्यान :
सल्यानमा ६ वर्षीय बालिका बलात्कार गरेर फरार रहेका अपराधी १२ बर्ष पछि पक्राउ परेका छन्। २०६५ चैत्रमा बलात्कार गरेर फरार रहेका सल्यान कालिमाटी गाउपालिका २ निबासी २९ वर्षीय नारायण प्रसाद कंडेललाई जिल्ला प्रहरी कार्यालय सल्यानले पक्राउ गरेको हो।
घटना भएको १२ बर्ष पछी आज कात्तिक ३ गते बिहान कालिमाटी गाउँपालिका बाट लुकिछिपी बसेको सुचनाको आधारमा निजलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
सर्बोच्च अदालतले गरेको २०७४ चैत्र ६ गतेको फैसलामा निजलाई २ बर्ष ६ महिना कैद तोकिएको छ। बडादशैंको बिदा भई अदालत बन्द भएकाले निजलाई हाल कानुन बमोजिम जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिए।