होमपेज / स्थानीय

महामारिमा नगरकाे हर्जनै हर्जना, व्यापारीले गरे चर्काे विराेध

  नबिन पौडेल २०७७ कार्तिक ३ गते सोमबार ०७:३८:१४   ३९७० पटक हेरिएको

दुर्गा विसि/ ३ कार्तिक, सल्लीबजार:

सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकाले यतिबेला लिएको व्यवसायीक करमा व्यापारी हरुले चर्को विराेध गरेका छन् ।

करिव ४ महिना बन्द रहेका व्यबसायहरु चाडपर्व नजिकिएसँगै खाेल्नु सुरु गरेका थिए । यतिबेला नगरपालिकाले पनि जथाभावी हर्जना,नविकरण भन्दै सतप्रतिशत कर असुली गरेको छ ।

विकास निर्माणकार्यमा खर्च होस भनेर नागरिक वा व्यापारीले कर तिर्नु पर्छ तर यहाँ जनताको आयस्रोत,आय आर्जन र व्यवसायि हेरेर करकाे परिधि ताेक्नुपर्ने हो । तर तेसाे नभएर बनगाड कुपिण्डे नगरपालिकाकाे सभाले अन्यत्रकाे साभार गरेर यहाँ करकाे दायरा लागू गरेको एक जनप्रतिनिधिकाे भनाइ छ ।

याे महामारीमा विभिन्न वहानावाजिका रुपमा नगरले सतप्रती  कर लिनु भनेकाे विडम्बना नै भएको छ ।सामाजिक सञ्जालमा नगरकाे यो कार्यको चौतर्फी विराेध भएको छ । कर लिदा सतप्रतिशत लिने सेवा सुविधा शुन्यताले झन नागरिक नगरकाे याे कार्यप्रती रुष्ट वनेका छन् ।

दशै अगावै वर्षातले विगारेका सडक मर्मत कार्य नहुदा नागरिक पैदल हिडिरहेका छन् । घटिघटाउ दररेटमा सडक मर्मतको जिम्मेवारी पाएको एक निर्माण कम्पनीले एक भन्दा वढि स्काभेटर नलगाउदा २ वडामा मात्रै सडक सुचारु हुने काम भएको छ ।अन्यत्र वडाहरुकाे सिङ्गै बाँकी छ । उक्त कम्पनीकाे घटिघटाउ दर भए पनि सिण्डिकेट भएको यहाँका स्थानीयकाे भनाइ छ ।

अर्को तर्फ नगरले लिने चर्को करले यहाँका नागरिक उकुसमुकुस भएका छन् । तर नगरले भने केही व्यापारीले तिरी सकेकाले अब अर्कोपटक छुट गरेर कर लिने जनाएको छ । तर यतिखेर भनेर सरकारले नै हर्जना नलिने भनेकाे छ तर यहाँ चाहिँ उधम तरिकाले डबल तिर्वल हर्जना जाेडेर १० हजार भन्दा माथि नै कर असुल्ने काम भएको छ । 

यस्तो वेला राहत दिनुकाे सट्टा नागरिक माथि स्थानीय सरकारकाे मनपरितन्त्र चलिरहेको छ ।ठाउँ, स्थान,परिवेश र व्यापार व्यवासायि तथा आय स्तर हेरेर करकाे नीति  लागु गर्ने हो,कर नीति निर्माण गर्ने हो । तर यहाँ भन्ने सम्पन्नता क्षेत्रको करनिति कपि गरि लागू गरिएको छ ।यसैको मार यहाँका स्थानीयले खेपिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top