होमपेज / स्थानीय

सल्यानमा भाईले गरे आफ्नै दाईको हत्या

  नबिन पौडेल २०७७ आश्विन ३० गते शुक्रबार १९:४५:३४   ९८५० पटक हेरिएको

३० असोज, सल्यान :
सल्यानमा आफ्नै भाईले दाईको हत्या गरेका छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा न १० थापाचौरका २१ वर्षीय भाइ देवीलाल पुनले आफ्नै २४ बर्षिया दाई अमर पुनको हत्या गरेको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।

प्रहरीका अनुसार बिहिबार बेलुका घरायसी बिवाद कारण झगडा हुँदा देवीलाले दाउराले हानेर दाइको हत्या गरेका हुन् । 

हत्या गरिएको भनिएका दाइको शव गाउँ नजिकैको जोगेन्द्र जंगलको ओढारमा फालेको अबस्थामा शुक्रवार भेटिएको प्रहरी प्रमुख गोबिन्द थापाले जानकारी दिनुभयो।हत्यागर्ने फरार रहेका छन् । उनको खोजिकार्य भइरहेकोे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top