होमपेज / स्थानीय

नुवाकोटकि २८ बर्षकि महिलाले एकैपटक जन्माइन ५ शिशु

  तिखो खबर २०७७ आश्विन १९ गते सोमबार १७:२५:२१   ३८५० पटक हेरिएको

१९ असोज, काठमाडौ :
काठमान्डौको थापाथलीमा रहेको परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा २८ वर्षकी महिलाले पाँच शिशुको जन्म दिएकी छन।

नुवाकोटकी २८ बर्षीया सोमिका तामाङको गर्भमा रहेको ५ शिशुलाई प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदीको नेतृत्वमा डाक्टरहरुले सोमबार बिहान शल्यक्रिया मार्फत निकालेका हुन।

जीवित ४ नवजात शिशुलाई अहिले एनआइसियुमा राखिएको छ । ४ जना शिशुको नै अवस्था सामान्य छ । पाँचमध्ये एक शिशु मृत जन्मिएका थिए । जिवित शिशु चार जना छोरी हुन् । मृत्यु भएको शिशु भने छोरा थिए।

४ शिशुमध्ये पहिलो शिशुको तौल १.८ किलोग्राम, दोस्रो ८ सय ग्राम, तेस्रो १.९ किलोग्राम चौथो १.६ ग्राम रहेको छ ।  ३२ हप्तामा सुत्केरी भएकि सोमिकाको स्वास्थ्य अवस्था  सामान्य छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top