होमपेज / स्थानीय

सल्यानको सरस्वती माविका पुर्व प्रधानाध्यापक द्वारा २ लाख बढिको अक्षयकोष निर्माण

  नबिन पौडेल २०७७ आश्विन १६ गते शुक्रबार १८:५७:२७   ५९२० पटक हेरिएको

श्रवन देबकोटा/ १६ असोज, सल्यान :

सल्यानको बागचौर नगरपालिका वडा नम्बर ४ मा रहेको श्री सरस्वती मा.वि का पुर्व प्रधानाध्यापक नवराज पुनले   २ लाख ४३ हजार ९ नौ सय १२रुपैयाँ राशिको "नवराज पुन जेहेन्दारिता छात्रवृत्ति अक्षयकोष" निर्माण गरेका छन।

उक्त अक्षयकोष मार्फत प्रत्यक बर्ष सरस्वती मा.वि. बाट एसइइ दिने विद्यार्थीहरु मध्य उत्कृष्ट नतिजा ल्याउने एक एक जना छात्र छात्रालाई अक्षयकोषमा रहेको रकमको ६.५% का दरले बार्षिक रुपमा प्राप्त ब्याजको ७५% रकम छात्रवृत्ति स्वरुप प्रदान गरिनेछ भने बाकी २५% रकम कोषमा जम्मा हुने बिद्यालयका बर्तमान प्रधानाध्यापक रामरोशनी बस्नेतले जानकरी दिए।

 २०५९ साल फाल्गुन २६ गतेदेखी सरस्वती मा.वि.को प्रधानाध्यापक बनेका पुन २०७४ भदौ ०१ गते सेवा निवृत भएका थिए। जेहेन्दार विद्यार्थीहरुलाई प्रोत्साहन मिलोस भन्ने हेतुका साथ आफुले बिरामी बिदा बाट प्राप्त गरेको २ लाख ४३ हजार ९ सय १२ रुपैयाँ रकम अक्षयकोष निर्माण गरि जम्मा गरेको उनी बताउछन।

उनको यो कार्यको उच्च सम्मान गर्दै विद्यालयले उनलाई एक बक्तव्य मार्फत धन्यवाद ज्ञापन समेत गरेको छ। दुई दशक भन्दा बढी सरस्वती मा.वि मा कार्यरत रहि विद्यालयलाई नयाँ उचाई दिएका नवराज पुन हाल स-परिवार अमेरिकामा बस्दै आएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

Top