होमपेज / स्थानीय

सल्यानमा गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत र पत्रकारलाई कोरोना संक्रमण

  नबिन पौडेल २०७७ आश्विन १३ गते मंगलबार २१:२९:५२   ६८४० पटक हेरिएको

१३ असोज, सल्यान :
सल्यानमा गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत र पत्रकार सहित १८ जनामा कोरोना संक्रमण देखिएको छ। जिल्लाको त्रिवेणी गाउँपालिकामा गाउँपालिकाका अध्यक्ष मान बहादुर डाँगी, प्रमुख प्रशासकिय अधिकृत बसुन्धरा पुन र क्वारेन्टाइनमा बसेका एकजनालाई लाई कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै छत्रेश्वरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्ली खड्का सहित १५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख केसरी देबि भट्टराई, कृषि शाखा प्रमुख दिपक पुन र गाउँपालिका अध्यक्षको सचीबालयमा कार्यरत पत्रकार बुद्धि प्रकाश हमाल सहितलाई संक्रमण पुष्टि भएको हो। हमाल छिटो खबर डटकमका संचालक / सम्पादक समेत हुन। अहिले आफुहरु भोटेचौरको आइसोलेसनमा बसेको हमालले जानकारी दिएका छन् । संक्रमीत सबैजनाको स्वास्थ्य स्थिति अहिले सामान्य रहेको बताएको छ।

मंगलबार प्रदेश प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परिक्षणको क्रममा उनिहरुलाई कोरोना देखिएको हो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top