होमपेज / स्थानीय

स्वास्थ्यकर्मी सहित सल्यानमा थप ४ जनामा कोरोना संक्रमण

  नबिन पौडेल २०७७ आश्विन ८ गते बिहीबार १२:०४:४१   ८१२० पटक हेरिएको

८ असोज, सल्यान :
सल्यानमा स्वास्थ्यकर्मी सहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा एक जना स्वास्थ्यकर्मी सहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्लाको शारदा नगरपालिकाका ४९ जनाको स्वाव परिक्षण गर्दा  स्वास्थ्यकर्मी सहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको शारदा नगरपालिकाले जनाएको छ । यस्तै शारदा नगरपालिका २ खलंगा, डाँडागाउँका २ जना पुरुष र एक जना महिलामा संक्रमण पुष्टि भएको छ ।जसमा ४९ र ३० बर्षिय पुरुष रहेका छन् भने ४७ बर्षिया महिला रहेका छन् । 

होमक्वारेन्टाइनमा बसेका उनीहरुको पिसिआर परिक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको छ । संक्रमित सबैलाई लुहापिङ आइसोलेसनमा राख्ने तयारी भैरहेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ।

यससँगै सल्यानमा कोरोना संक्रमितको संख्या ३ सय ५२ पुगेको छ। संक्रमितको सम्पर्कमा आएकाहरुलाई होम क्वारेन्टाइनमा राखिएको र अबको पाँच दिन स्वाव संकलन गरेर पिसिआर गरिने शारदा नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top