होमपेज / स्थानीय

गाडी दुर्घटना हुदा सल्यानका पत्रकार खकेन्द्र केसि र बिरेन्द्र डिसि घाइते

  नबिन पौडेल २०७७ आश्विन ८ गते बिहीबार ११:३५:५९   ८४८० पटक हेरिएको

८ असोज, दाङ :
गाडी दुर्घटना हुदा सल्यानका पत्रकार घाइते भएका छन। 
दाङ्को लमही बाट घोराही तर्फ आउदै गरेको पत्रकार सवार बा २ च ९५१३ नम्बरको स्कार्पियो लमही नगरपालिका ६ अर्जुन खोला देखि २ किलो मिटर नजिक सीता भरार भन्ने स्थानमा  दुर्घटना परेको बताएको छ।

दुर्घटनाबाट लेकाली अनलाइनका संचालक खकेन्द्र केसि र रेडियो मध्य पहाडका स्टेसन प्रमुख बिरेन्द्र डिसि घाइते भएका छन। गाडिमा सवार तुलाराम परियार, पत्रकार केसि कि बहिनी नोखी केसि, प्रकाश वलि र गाडी चालक सल्यान छत्रेश्वरि ३ निवासी सन्तोष बुढाथोकी समेत भएको बताएको छ।

घाइते भएका दुबै पत्रकारको लमही स्थित फ्लोरेन्स अस्पताल र अन्यको लमही अस्पतालमा उपचार भैरहेको छ। अहिले दुबैजना पत्रकार र अन्य घाइतेहरु खतरामुक्त रहेका छन।

गाडी बिहान ८:३० बजे सडकबाट करिब ३५ मिटर तल खोलामा खसेको घाइते पत्रकार बिरेन्द्र डिसिले बताएका बताए । दुर्घटनाबाट सबैभन्दा बढी चोट पत्रकार खकेन्द्र केसिलाई लागेको अस्पतालका संचालक लक्ष्मण केसिले बताएका छन। केसिको टाउको, खुट्टा , नाक र शरीरका विभिन्न भागमा चोट लागेको छ। बिपरित दिसाबाट उच्च गतिमा आइरहेको मोटरसाइकललाई बचाउने क्रममा दुर्घटना भएको बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top