होमपेज / स्थानीय

श्रीमानको मृत्यु भएपछी बिमाबाट अमृताले पाईन २१ लाख ९५ हजार रुपैयाँ

  नबिन पौडेल २०७७ आश्विन १ गते बिहीबार २०:१७:३२   २५०१० पटक हेरिएको

१ असोज, सल्यान :
नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड सल्यान शाखाले जीवन बिमा वाफतको मृत्यु दाबी रकम भुक्तानी गरेको छ।

जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ५ का २६ बर्षिय कमल खत्रीको मृत्यु भएपछी उनकी श्रीमती अमृता खत्रीलाई  मृत्यु दाबी वाफतको रकम प्रदान गरिएको हो।

मृत्यु दाबी वाफतको २१ लाख ९५ हजार रुपैयाँको चेक बुधबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको कम्पनिका शाखा प्रमुख बिनोद शर्माले बताए। खत्रीको पानीको मोटर चलाउदै गर्दा दाङमा करेन्ट लागेर मृत्यु भएको बताएको छ।

खत्रीले १० लाखको जिबन बिमा गराएका थिए। उनले कम्पनीमा २ किस्ताको १ लाख २५ हजार ६ सय ३२ रुपैयाँ बुझाएका थिए।
श्रीमानको मृत्यु भएपनी सानो रकम तिरेर लाखौ पैसा दिनेगरेको प्रती बिमा कम्पनीलाई मृतककि श्रीमती अमृताले धन्यवाद समेत दिएकि छिन।

प्रतिक्रिया

सम्बन्धित खवर

Top