होमपेज / स्थानीय

सल्यानमा बस दुर्घटना, १६ जना यात्रु घाइते

  नबिन पौडेल २०७७ भाद्र ३१ गते बुधबार १२:४२:५९   ५६८६० पटक हेरिएको

३१ भदौ, सल्यान :
सल्यानमा गाडी दुर्घटना भएको छ। दुर्घटनाबाट १६ जना यात्रु घाईते भएका छन। राप्ति राजमार्ग अन्तरगत जिल्लाको भोटेचौर बाट श्रीनगर तर्फ गैरहेको ना ७ ख १८४६ नम्बरको शारदा यातायात प्रालिको बस छत्रेश्वरि गाउँपालिकाको वडा नम्बर ६ स्थित भुमेश्वर जिउलामा दुर्घटना भएको प्रहरीले बताएको छ।

१७ जना यात्रु सवार गाडी दुर्घटनाबाट ६ जना महिला र १० पुरुष घाइते भएको उद्दारमा खटिएका प्रहरीले बताएका छन। घाइते सबैको अहिले श्रीनगरको कान्तिपुर सामुदायिक अस्पतालमा उपचार भैरहेको छ।
घाइते मध्यका १ जनालाई बढी चोट लागेको छ। उनिलाई थप उपचारको लागि रिफर गर्ने तयारी भैरहेको अस्पताल श्रोतले जनाएको छ।

घाइते हुनेमा दार्मा ६ का भक्त केसि, बागगचौर ६ का पदम वलि, दार्मा ६ का नेत्र मल्ल, छत्रेश्वरि ७ कि राधिका खड्का र भुमिका खड्का, जानकी गाउपालिका ५ कैलालिका अमृत चौधरी र सुस्मिता चौधरी , छत्रेश्वरि ६ का नवीन घर्ती,अपेक्षा केसि,तोरन सार्की, कृष्ण चलाउने, बिजय बिक, खिमलाल नेपाली, सन्तोष नेपाली र गाडिका सह चालक छत्रेश्वरि ५ का भिमार्जुन केसि रहेको प्रहरिले बताएको छ।

गाडी सडकबाट २० मिटर तल खेतमा खसेको छ। गाडी कसरी दुर्घटना भयो भन्ने जानकारी नभएको र घटनाबारे अनुसन्धान सुरु भएको प्रहरिले बताएको छ।गाडी आज बिहान साढे १० बजे दुर्घटनामा परेको थियो। घाइतेहरुको अबस्था बुझ्न छत्रेश्वरि गाउँपालिकाका अध्यक्ष सन्तोष केसि र वडा नम्बर ६ का अध्यक्ष दिपमनी दसौदी अस्पताल पुगेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top