होमपेज / स्थानीय

फुड बैंक बाट चार दिनमा १ सय २ जनाले राहत लिए

  नबिन पौडेल २०७७ भाद्र ३० गते मंगलबार २१:१०:५८   १४०० पटक हेरिएको

दिपेस ढकाल / ३० भदौ, दाङ :

हेल्पिङ हेन्ड्स दाङले स्थापना गरेको “फुड बैंक“ बाट ४ दिनमा १०२ जनाले राहत लिएका छन् । लकडाउनका कारण दैनिकी चलाउन अप्ठ्यारो परेकाहरुलाई खाद्यान्न सहयोग गर्ने उद्देश्यले “हेल्पिङ हेन्ड्स“ दाङले ‘फुड बैंक’ स्थापना गरेको संस्थाका अध्यक्ष शालिकराम गौतमले बताए ।

बिगत ५ बर्षदेखि सामाजिक कार्यमा सक्रिय रहेर काम गरिरहेको संस्थाले अनाथ, असहाय, अतिविपन्न लाई सहयोग गर्दै आएको छ भने रक्तदान समेत गर्दै आएको छ । हाल विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ का कारण दैनिकी चलाउन मुस्किल परेकाहरुलाई दाल, चामल, नुन, तेल, साबुन, मास्क सहयोग गरेको गौतमले जानकारी दिए ।

तुलसीपुरको विरेन्द्र चोकबाट शनिबारदेखी सुरु भएको अभियानमा ४ दिनमा १०२ जना बढीलाई खाद्यान्न तथा ३५० बढि मास्क वितरण गरिएको छ ! अभियान  जारी रहेको संस्थाका उपाध्यक्ष दिपेश ढकालले बताए । जसमा विभिन्न व्यक्तिहरुको सहयोग समेत रहेको छ । उनका अनुसार तुलसीपुर ७ पर्सेनी घरभई हाल अमेरिकामा रहँदै आएका खिम प्रसाद गौतम, तुलसीपुर स्थित कञ्चन मेडिकल, तुलसीपुर – ६ निवासी केशव न्यौपाने, सल्यान निवासी कमल रेउले क्षेत्री, तुल्सिपुर ७  देखि मनिशा अधिकारी,काठमाडौंदेखी सरिता कठायत,लगायतले आर्थिक तथा खाद्यान्न सहयोग गरेका छन् ।

दैनिक खाद्यान्न लिन आउनेको संख्या बढीरहेकोले आफुहरु सहयोगी दाताहरुको खोजीमा रहेको समेत उनले बताए । लकडाउनका कारण आफुहरुलाई साँझ बिहानको छाक टार्न समेत गाह्रो भएको अवस्थामा हेल्पिङ हेन्ड्सको सहयोगले आफुहरुलाई राहत भएको तुलसीपुर – ६ की बेलमती वलीले बताईन । 

त्यस्तै तुलसीपुर – ५ निवासी राजेश नेपालीले दैनिक ज्याला मजदुरीगरि आफ्नो परिवार पाल्ने गरेको बताउँदै कोरोनाको कारण भोकै बस्नुपर्ने अवस्थामा हेल्पिङ हेन्ड्सले सहयोग गरेकोमा खुशी व्यक्त गरे ।साथै यो अभियानलाई सफल बनाइदिन सबैलाई अपिल समेत हेल्पिङ हेन्डस दाङले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top