होमपेज / स्थानीय

सल्यानमा एकैदिन ३४ जना कोरोना संक्रमीत थपिए

  नबिन पौडेल २०७७ भाद्र ३० गते मंगलबार २०:०६:१५   ५५३० पटक हेरिएको

३० भदौ, सल्यान :

सल्यानमा एकैदिन ३४ जना कोरोना संक्रमीत थपिएका छन।
जिल्लामा पहिलो पटक यति ठुलो संख्यामा कोरोना संक्रमित थपिएका हुन। 

प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र चौरजहारी नगरपालिका प्रयोगशाला रुकुम पश्चिममा गरिएको परीक्षणमा मंगलबार  ३४ जनामा कोरोना सक्रमण पुष्टि भएको हो । संक्रमित मध्य ३३ जना बनगाड कुपिण्डे नगरपालिकाका रहेका छन् भने कुमाख गाउँपालिकाका १ जना रहेको बताएको छ।

संक्रमीत सबै केहिदिन अघि भारतबाट आएका हुन । संक्रमित सबैलाई अहिले बनगाड कुपिण्डे नगरपालिकाको आइसोलेसनमा राखिएको छ । १० स्थानीय तह रहेको सल्यानमा सबैभन्दा धेरै बनगाड कुपिण्डे नगरपालिकामा २ सय २१ जना संक्रमित रहेका छन भने कुमाख गाउँपालिकामा ४१ रहेको बताएको छ।

यससँगै सल्यानमा कोरोना संक्रमितको संख्या ३ सय ४० पुगेको छ । संक्रमित मध्ये ३ सय जना निको भएर डिस्चार्ज भैसकेका छन् । बाँकी ४० जनाको विभिन्न आइसोलेसनमा उपचार भइरहेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top