होमपेज / स्थानीय

सल्यानको छत्रेश्वरि ५ लेखपोखरामा थप एकजनामा कोरोना संक्रमण पुष्टि

  नबिन पौडेल २०७७ भाद्र २५ गते बिहीबार १९:३४:२०   ६४५० पटक हेरिएको

२५ भदौ, सल्यान :
सल्यानको छत्रेश्वरि गाउँपालिकाको ५ नम्बर वडा लेखपोखरामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गत सोमबार संकलन गरिएको स्वाब संकलन गरि परिक्षण गरिएका ६१ वटा नमुना मध्य बिहिबार २२ वर्षिय एक युबकलाई कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमीत ब्यक्तीको स्वास्थ्य अबस्था सामान्य रहेको गाउँपालिकाले जनाएको छ।

समुदाय स्तरमै कोरोना संक्रमण भएपछि गरिएको परिक्षणमा लेखपोखरामा थप एक जनामा संक्रमण पुष्टि भएको गाउँपालिका अध्यक्ष सन्तोष केसिले बताएका छन। संक्रमीत ती युवालाई अहिले भोटेचौरमा रहेको आइसोलेसनमा राखिएको अध्यक्ष केसिले बताए।
संक्रमीत युबाको सम्पर्कमा आएका ब्यक्तीहरुको स्वाब संकलन गरि परिक्षण गरिने उनले बताए।

गत शुक्रवार सोही वडाका एक पुरुषमा कोरोना भाइरस कोभिड-१९ को संक्रमण देखियपछी ती ब्यक्तीको सम्पर्कमा आएका हरुको स्वाब परिक्षण गरिएको थियो। समुदाय स्तरमै कोरोना संक्रमीत देखिएपछि गाउँपालिकाले वडा नै सिल गरेको छ।

छत्रेश्वरि गाउँपालिका स्तरिय कोरोना संकट ब्यबस्थापन समितिको निर्णय अनुसार संक्रामक रोग ऐन २०२० को दफा २ समेतको ब्यबस्थालाई मध्यनजर गर्दै ५ नम्बर वडा अन्तरगतका सम्पुर्ण क्षेत्रहरुमा आबस्यक सेवा र साधन हरुबाहेक सम्पुर्ण सवारी साधन, पसल ब्यबसाय संचालन गर्न तथा हिडडुलमा समेत बिहान ५ बजेदेखि राती १२ बजेसम्मका लागि पुर्णरुपमा वडा सिल गरिएको बताएको छ।
गाउँपालिकाले गरेको सिल २७ गते राती १२ बजे सकिने भएतापनी थप एक हप्ता उक्त वडा सिल गर्न लागिएको गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top