होमपेज / स्थानीय

इप्रका सल्लिका इन्चार्ज खडकालाई नेकपाले आफ्नो पार्टीको कार्यकर्ता बनाउन खोज्यो: कांग्रेस

  नबिन पौडेल २०७७ भाद्र १९ गते शुक्रबार २०:४६:४५   ६६८० पटक हेरिएको

१९ भदौ, सल्यान :
इलाका प्रहरी कार्यालय सल्ली बजारका इन्चार्जको सरुवाको विषयमा नेपाल कम्युनिष्ट पार्टीले आफ्नो पार्टीलाई विभिन्न लान्छनाहरु लगाएको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

नेपाली कांग्रेस वनगाड कुपिण्डे नगर कार्यसमितिले शुक्रबार एक विज्ञप्ती जारी गर्दै कर्मचारीको सरुवा प्रक्रियामा दुई तिहाईको सरकारले नांगो हस्तक्षप गरेको आरोप लगाएको हो । नगर सभापति टोप बहादुर भण्डारीले हस्ताक्षर गरेको विज्ञप्तीमा नेकपा सरकारले विकास निर्माण कार्यमा गरेका वेतीथी र चरम भ्रष्टाचार जनता समक्ष ल्याउने चेतावनी दिइएको छ ।

नेकपाले इप्रका सल्लीका इन्चार्ज सई मिन बहादुर खड्कालाई आफ्नै पार्टीको सदस्य जस्तो सम्झीएको र कांग्रेसलाई विभिन्न आरोप लगाएर बदनाम गर्न खोजेको भनिएको छ । नेकपाले विहिबार एक विज्ञप्ती निकाल्दै डिएसपी ढकेन्द्र खतिवडाले कांग्रेससंगको मिलेमतोमा इप्रका सल्लीका इन्चार्जको सरुवा गरेको आरोप लगाएको थियो । उक्त विज्ञप्ती नेकपाले इन्चार्ज खड्काको मिलेमतोमा जारि गरेको कांग्रेसको आरोप छ ।

इन्चार्ज खडकाले शान्ती सुरक्षा कायम गर्न नसक्ने, जनताको सेवा गर्न नसक्ने भएकाले दुई दिन भित्र अर्काे स्थान रोजेर जान विज्ञप्ती मार्फत चेतावनी दिइएको छ । त्यसो नभएमा आन्दोलन गर्ने समेत नेपाली कांग्रेस बनगाड कुपिण्डे नगर कार्य समितीले जनाएको छ । 

यता सल्यान प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले सई देखि तलकाे दर्जालाइ सरुवा गर्ने नगर्ने अधिकार जिल्ला प्रहरी प्रमुखलाइ भएकाे बताएका छन् । उनले कुनै राजनितिक प्रलाेभनमा नपरेर कामकाे आधारमा सबै इलाका प्रहरी इन्चार्जहरुकाे जिल्ला भित्रै सरुवा गरेकाे बताएका छन् । श्रीनगर, देवस्थल, थारमारे, दमाचाैर, कपुरकाेट लगाएतका ठाउँका प्रहरी इन्चार्जकाे सरुवा गरेकाे उनकाे भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top